दफा ५४८
वस्तुको मूल्य चुक्ता गर्नु पर्ने

(१) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक देहायको कुनै अवस्थामा देहाय बमोजिम वस्तुको मूल्य चुक्ता गर्नु पर्नेछ :–
(क) क्रेताले आफूले खरिद गरेको वस्तुको मूल्य बिक्रेतालाई वस्तु खरिद गर्दाका बखत,
(ख) वस्तु हस्तान्तरण गर्दाका बखत ।
(२) उपदफा (१) बमोजिम वस्तुको मूल्य भुक्तानी गर्दा नगदमा गर्नु पर्नेछ ।
स्पष्टीकरणः: यस दफाको प्रयोजनको लागि “नगद” भन्नाले बैङ्क मार्फत्भुक्तानी हुने चेक, यात्रु चेक, प्रतिज्ञापत्र (प्रमिसरी नोट), विनिमयपत्र (बिल अफ एक्स्चेन्ज) प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैङ्क ड्राफ्ट, क्रेडिट कार्ड, टेलिग्राफिक ट्रान्सफर समेत सम्झनु पर्छ ।